कोरोनाविरुद्धको खोप स्तनपान गराईरहेका आमालाई लगाउन सुझाव

163

काठमाडौं । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउन्छन् ।

स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थका अनुसार , ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य मुलुकमा पनि गर्भवती र सुत्केरीलाई खोप नलगाउने सूचीमा समावेश गरिएको थियो । स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनुपर्ने यो वर्गलाई परीक्षण अभावका कारण सुरुमा खोप लगाउने सूचीमा समावेश गरिएको थिएन ।’’

उनले भनिन् ‘‘अहिले विश्वका कतिपय देशले यो समूहलाई पनि खोप अभियानमा समावेश गर्न थालेका छन् । नेपालमा पनि स्त्री तथा प्रसूतिरोग विशेषज्ञले प्राथमिकता दिएर खोप दिनुपर्ने जोड दिँदै आउनुभएको छ ।’’सुत्केरी, गर्भवती वा स्तनपान गराइरहनुभएकालाई कुनै असर नगर्ने र बच्चालाई समेत यसले समस्या गराउँदैन भन्ने प्रमाणित भइसकेको उनको दाबी छ । अमेरिकालगायत देशले पनि सुत्केरी र गर्भवतीलाई यो खोप दिन थालिसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here