आज शेयर बजारमा १७ अर्ब ८४ करोड काराेबार

69

काठमाडौं । शेयर बजारमा आज उच्च अंकले बृद्धि हुँदा १७ अर्ब ८४ करोड बढीको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै आज अपर तामाकोसीको कारोबार भएको छ । कम्पनीको आज प्रतिशेयर ८ सय ७५ रुपैयाँ कायम भई ८९ करोड ३३ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५२ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज अपि पावर कम्पनीको ५१ करोड ९२ लाख, जीवन विकास लघुवित्तको ४८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here