जसपाका नेताहरुले ओली र प्रचण्डको पुच्छर बन्ने कि आफ्नो हैसियत देखाउने ?

52

  –प्रीति रमण

जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आपूmहरुलाई चिन्न सकेनन् । कोही नेताहरु ओलीका कारिन्दा बने भने कोही शेरबहादुर र प्रचण्डका कारिन्दा बन्ने पुगे । जसपाका नेताहरुको स्वाभिमानी व्यवहार नहुँदा सम्पूर्ण जसपाका कार्यकताहरुले चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको छ ।

पूर्वप्रधानमन्त्री केपी ओलीको सहयोगी बनेर मधेशका मुद्धा समाधान गर्ने सपनामा जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो लठ्ठिएको देखियो । उहाँहरुको गन्तव्यले पार्टीको शाख गिराएको छ । नेतृत्वमा विभाजन ल्याइदिएको छ । कार्यकर्ताहरुमा निराशा जगाएको छ र जसपाका शुभेच्छुक सबैमा पनि निराशा थपिदिएको छ ।

जसपाका नेताहरु भारतीय दूतावासको निर्देशनमा चलेका छन् भन्ने प्रचार व्यापक छ । यो प्रचारलाई असत्य सावित गर्न नेताहरुको व्यवहारबाट मात्र सम्भव हुन्छ । तर नेताहरुले यस्तो प्रचारलाई खुशीसाथ आत्मसात गरेका छन् । यस्तो प्रचारमा नेताहरुलाई कुनै पश्चाताप भएको देखिदैन । दौरा, सुरुवाल लगाएका कथित राष्ट्रवादी नेपालीहरुको भन्दा फरक चरित्र जसपाका नेताहरुले देखाउन सकेनन् । बाहिर राष्ट्रवाद भित्र—भित्र दलालवादको चरित्र जसपाका नेताहरुमा पनि देखियो । केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन जसपाका अध्यक्ष महन्थ ठाकुरसहितको नेतृत्व भारतीय दुतावासमा पटक—पटक मन्त्रणाका लागि धाएको घटनाले जसपाको निष्ठामाथि प्रश्न उठाएको छ ।

नेपाली कांग्रेसका शेरबहादुर देउवा आपैmमा असफल र अलोकप्रिय नेता हुन् । उनी आफ्नै पार्टीमा आलोचित छन् । त्यसैले देउवाको नेतृत्वबाट सरकार सञ्चालन गरेर अथवा देउवाको नेतृत्वको सरकारमा कुनै मन्त्रालयहरु सम्हालेर जनपक्षीय र देश हितको काम गर्न सकिएला भनेर आशा गर्नु व्यर्थ छ । शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतबाट मन्त्रीपरिषद्को आकार समेत पूरा गर्न सकेका छैनन् । यस्तो अवस्थामा उनले आफ्नो पार्टीका नेताहरुको मात्र होइन गठबन्धनका नेताहरुको समेत सहमतिमा काम अगाडि बढाउनु पर्ने हो । तर देउवाको कार्यशैली त्यस अनुरुपको रहेको पाइएन ।

शेरबहादुर, केपी ओली, प्रचण्ड र माधव लगायतका नेताहरुको पछि लागेर मात्र जसपाका नेताहरुको राजनीतिक हैसियत बन्ने हो ? होइन भने आफ्नो अलग पहिचान नेताहरुले किन देखाउन नसक्ने ? कसैको पछि लागेर पार्टीले लक्ष हासिल गर्न सक्दैन भन्ने कुरामा नेताहरु स्पष्ट हुन जरुरी छ । जसपाले मधेशका मुद्धा मात्र उठाउने होइन । जसपा समग्र नेपालको नेतृत्व गर्न सक्ने पार्टी बन्नु पर्छ । यस्तो पार्टी बन्नका लागि अन्य कुनै पार्टीको पछि लाग्ने वा जनताका बीचमा गएर जनताका समस्याहरुलाई सम्बोधन गर्ने ? जनताका बीचमा पुगिएन भने जनताले नेताहरुलाई चिन्ने पनि छैनन्  । जनताबाट परिचित हुन सकिएन भने त्यस्तो नेताले जनताको हितमा काम गर्न सक्दैन । नेताहरुको  चरित्र कि विदेशी शक्तिको पिछलग्गु बन्ने कि भने देश भित्रकै विदेशी दलाल नेताहरुको पिछलग्गु बन्ने प्रवृत्ति भइसकेको छ । पछिल्लो पटक भएको सत्ता फेरबदलको घटनामा जसपाले गुमाएको आफ्नो हैसियतले यही पुष्टि गरेको छ ।

जसपाले सम्बिधानको प्रस्तावनामै लेखिएको समाजवाद र आफ्नो पार्टीको नामसँग जोडिएको समाजवादको सम्बन्ध बारे जनतालाई बुझाउन जरुरी छ । चाहे कम्युनिष्ट पृष्ठभूमिबाट आएका नेताहरु होउन्, चाहे मधेशवादको राजनीति गरेर नेतृत्वमा पुगेका नेताहरु होउन्, सबैले समाजवादलाई आत्मसाथ गरेरै पार्टीको नाम समाजवादी बनाइएको हो । यो सवालमा विमति अवश्य पनि कुनै नेताको हुन सक्दैन भनेर विश्वास गर्न सकिन्छ । समाजवादी शब्दमा मात्र होकि व्यवहारमा पनि ? समाजवादको गन्तब्यलाई जसपाले नै सम्बोधन गर्न हिम्मत गर्नु पर्दछ ।

यसरी समाजवादको गन्तव्यलाई सम्बोधन गर्न सकियो भने  जसपाको नाम अनुसारको व्यवहार सिद्ध हुनेछ । जसपाको बिधानमा गन्तव्य समाजवाद लेखिएको छ, नेपालको संविधानमा पनि गन्तव्य समाजवाद लेखिएको छ । यसरी समाजवाद नै जसपाको गन्तव्य हुनु जरुरी छ । समाजवादमा पुग्न अरु कुनै पार्टीका नेताहरुको पछि लागेर होइन नेपाली जनताको अगुवा बनेर मात्र सम्भव हुन्छ । यो वास्तविकतालाई जवसम्म जसपाका नेताहरुले बुझ्न सक्दैनन् तवसम्म  जसपा  कुहिरोमा हराएको कौवा जस्तै भइरहने छ ।

ओलीले प्रधानमन्त्रीको हैसियतबाट संबिधानसम्मत गर्नुपर्ने समाजबाद गन्तब्यको काम गरेनन् । शेरबहादुर देउवाले पनि समाजवाद गन्तव्यको यात्रा तय गर्ने सम्भावना छैन । प्रचण्ड र माधव नेपालहरुबाट पनि त्यो आशा गर्न सकिदैन । त्यसो भए यो देउवा नेतृत्वको सरकारमा जसपाका सहभागिताको औचित्य देखिदैन । संविधान सम्मत रुपमा  गन्तव्य समाजवादलाई नै शर्त बनाएर सरकारमा सहभागिता जनाउने हो भने जसपाको राजनीतिक उचाई अरु कुनै पनि दलको भन्दा धेरै अग्लो हुनेछ । अन्यथा आपैmमा अन्यौलग्रस्त राजनीतिक नेताहरुको पुच्छर बनेर हैसियत समाप्त बनाउनु बाहेक अरु केही प्राप्त हुने छैन ।

जसपाका नेताहरु अरु दलका नेताहरु भन्दा जनपक्षीय र समाजवादी हुन जरुरी छ । जसपाका नेताहरु अरु दलका नेताहरु भन्दा देशभक्त बन्न जरुरी छ । जसपाका नेताहरु अरु दलका नेताहरु भन्दा बैदेशिक सम्बन्धका सवालमा सन्तुलित बन्न सक्नु पर्दछ । जसपाका नेताहरु देशलाई आत्मनिर्भर अर्थतन्त्रमा विकसित गराउन योजना भएका नेताको भूमिकामा प्रस्तुत हुन सक्नु पर्दछ । यति मात्र गर्न सकियो भने अरु दललाई उछिनेर जसपा , नेपालको सबैभन्दा शक्तिशाली शक्तिको रुपमा हुन सक्ने विश्वास गर्न सकिन्छ ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here