साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच सम्झौता

54

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए। बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिन्।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष  उमेशप्रसाद सिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो। बैकको तर्फबाट अमित श्रेष्ठ, जनक भट्टराई, पुण्यप्रसाद खनियाँ र रूकमणी महर्जनको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here