धनुषा जिल्ला अदालतबाट नक्कली नागरिकता सिफारिस गरेको भन्दै पक्राउ पुर्जी जारी

85

नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी भएपछि उनी समेत फरार छन् । नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम वडा नम्बर ८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीबिरुद्ध मुद्दा परेको थियो । तत्कालीन वडाध्यक्ष ठाकुरले धनुषाको मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए ।

नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ । त्यसपछि मिश्रले २०७८ मङ्सिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here