नेपालको फिफा वरीयता तीन स्थान सुधार

68

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको छ।

अघिल्लो वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १ सय ५ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५८ औं स्थानमा छ। नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छन्।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ। यसैगरी ब्राजिल दोस्रो तेस्रोमा फ्रान्स छ। चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा इटाली छन्। यस्तै अर्जेन्टिनमा छैटाैं स्थानमा रहँदा साताैंमा स्पेन तथा पोर्चुगल आठाैं र मेक्सिकोले नवाैंमा स्थान बनाउन सफल भएका छन्। यसैगरी अमेरिका १० औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here