काठमाडाैं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् ।
विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो । जसमा प्रशिक्षकले उपाध्यक्षका कारण रहेको बताएका थिए । विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानबिन समितिले छानबिन प्रक्रिया अगाडि बढाएको हो । छानबिनका लागि आजै उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए ।


















