काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दै छ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गर्ने एक नेताले जनाए ।
पार्टीको केन्द्रीय समिति बैठक साउन ३० शनिवार बस्दै छ। साथै आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको नामबारे समेत छलफल हुने उनको धारणा छ।


















