काेराेना जितेकाे एक महिनापश्चात मात्र खोप लगाउन अनुराेध

70

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने जानकारी दिएको छ।स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खोपको पहिलो मात्रा लगाएको केही समयमा कोभिड भएमा पुनः पहिलो मात्रा नलगाउन पनि सुझाव दिएको हो।

त्यस्तै मन्त्रालयले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र कोभिडविरुद्धको दोस्रो मात्रा लगाउनलाई अनुरोध गरेको छ।  कोभिड संक्रमितले खोप केन्द्रमा गएर खोप लगाएमा अरूलाई सर्न सक्ने सम्भावना भएकाले संक्रमितलाई खोप नलगाउन आग्रह समेत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here