एकै २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

49

काठमाडौं / पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २९२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ७० हजार ७७० जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय सङ्क्रमित छन् । जसमा ८५८ जना सघन कक्षमा र १९३ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here