अब घरबाटै तिर्न सकिने वीरगञ्ज महानगरको कर

87

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले राजस्वसम्बन्धी सम्पूर्ण शुल्क अनलाइनबाटै तिर्न मिल्ने सुविधाको सुरुवात गरेको छ । महानगरपालिकाले आइतबार वडा नं. २९ बाट अनलाइन प्रणाली प्रारम्भ गर्दै सम्पत्ति कर, घर जग्गा कर, नक्सा पासको शुल्क, सिफारिसको शुल्क अनलाइनबाटै बुझ्न सकिने व्यवस्था ल्याएका छन् ।

‘वीरगञ्ज महानगरपालिकामा पछि गाभिएका अधिकांश वडाहरु ग्रामीण भएकाले त्यहाँका जनतालाई जुनसुकै किसिमको राजस्व तिर्न समय र पैसाको खर्च फजुल रुपमा भइरहेको थियो,’ महानगरपालिकाका मेयर विजय सरावगीले भने, ‘त्यसैले जनताको पिर मर्कालाई बुझी महानगरपालिकाले आफ्नो अति नै पिछ्डा वडा २९ बस्डिलवाबाट अनलाइनमार्फत राजस्व बुझ्न सुरु गरेकाे हाे ।’ हाल पाइलट प्रोजेक्टको रुपमा सुरू गरिएको यो अनलाइन सेवालाई क्रमशः अन्य वडामा पनि विस्तार गर्दै लैजाने सरावगीले जानकारी गराए ।

२९ नम्बर वडाका वडाध्यक्ष धर्मेन्द्रप्रसाद महतोले भने, ‘अब ५० रुपैयाँ राजस्व बुझाउन कार्यालय धाउनकै लागि ५०० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । वडा कार्यालयबाट बढीमा १० मिनेटमा राजस्व तिर्न सकिन्छ ।’ यसअघि त्यहाँका बासिन्दालाई राजस्व तिर्न महानगरपालिकामै पुग्नुपर्ने बाध्यता थियो । महानगरपालिकाको कार्यालय पुगेर कर तिर्न कम्तीमा दुई दिन धाउनुपरेको स्थानीयको गुनासो रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here