उपत्यकामा मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय

49
Tribhuvan Rajmarg Pass (1510m) at western Kathmandu Valley edge

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म उपत्यकाको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ ।  निर्वाचन आयोगले तोकेका बाहेक अन्य सवारी साधन सञ्चालन नहुने प्रजिअ उपाध्यायले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here