नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांक सार्वजनिक

45

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बै‌ंकले शुक्रबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।

सार्वजनिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ।

आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२१ प्रतिशतले बढेको छ।

शोधनान्तर स्थिति रु २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको रहेको उल्ले‍ख गरिएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो।

यसैगरी विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। विस्तृत मुद्राप्रदाय ११. ४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।

पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here