जापानबाट एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

79
FILE - In this Wednesday, March 24, 2021 file photo, a vial of the AstraZeneca COVID-19 vaccination on a table prior to Croatia's Parliament Speaker Gordan Jandrokovic and Prime Minister Andrej Plenkovic being vaccinated, in Zagreb, Croatia. AstraZeneca says that its COVID-19 vaccine is strongly effective even after counting additional illnesses in its disputed U.S. study. The announcement late Wednesday was the latest in an extraordinary public rift with American officials. The drugmaker said it had recalculated data from that study and concluded the vaccine is 76% effective in preventing symptomatic COVID-19, instead of the 79% it had reported earlier in the week. (Admir Buljubasic/Pool via AP, File)

काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरे ।

यसअघि पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो । बाँकी खोप भोलि आइतबार र पर्सि सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा खोप प्रदान गरेको राजदूतावासले जनाएको छ । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here