हालसम्म दश हजार ६६३ जना काेराेना सङ्क्रमितको मृत्यु

71

काठमाडौं । मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५६ हजार ४९२ पुगेको छ । हालसम्म ३८ लाख ७७ हजार ४६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।  यसैगरी गएको चौबीस घण्टामा चार हजार ३६५ जनामा गरिएको एन्टीजेन परीक्षमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ३७ हजार ५९९ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा दुई हजार ३३७ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म सात लाख आठ हजार २३० जना निको भएका छन् ।  गएको चौबीस घण्टामा २५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म दश हजार ६६३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here