सरकारलाई पूर्णता दिने विषयमा छलफल

84

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जनाइएको छ।   केही दिनअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत गर्दै पार्टी दर्ताको प्रमाणपत्र दिएसँगै सरकार विस्तारबारे छलफल भएको हो।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here