काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडा नगर समितिको आयोनजामा शनिवार रक्तदान सम्पन्न भएको छ ।
कोभिड १९ विरुद्धको खोप तथा बर्षाले रक्तदानमा प्रभाव भएता पनि करिव ११ जना रक्तदाताले रक्त दान गरिएको सो संस्थाका अध्यक्ष सुमित रञ्जितले जानकारी गराए ।उनले आगामी दिन यस्तै मानवीय सेवा निरन्तरता दिने जानकारी गराए ।
विश्वभर फैलिएको कोभिड १९ का महामारीले नेपालभर रक्त व्यवस्थापन नकारात्मक प्रभावलाई न्यूनिकरण गर्नका लागि गरिएको रक्तदानमा प्रमुख अतिथिका रुपमा दशमै सबै भन्दा बढि रक्तदान गरेका प्रेमसागर कर्माचार्य, साे संस्थाका सदस्य लुना चित्रकारले पनि प्रमाण पत्र, क्यालेन्डर वितरण गरेका थिए ।
रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि शुभ ऋद्वि इन्टर प्राइजेज, लगं खलः, गणेश युवा क्लवको सहयोग र नेवाः विद्यार्थी युनियनले सकृय भूमिका खेलेको थियो ।



















