वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किए

106

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्।  नेता खनाल सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन्।

खनालको स्वागतको लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपाल, नेताहरु वेदुराम भुसाल, गंगालाल तुलाधर, मुकुन्द न्यापाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन विमानस्थलमा पुगेका थिए।  उनी दिल्लीमा रहँदा नेकपा एमाले विभाजित भएको थियो।

विभाजित दलको वरिष्ठ नेतामा खनाल रहेका छन्। निर्वाचन आयोगमा सनाखत गर्ने समयमा उनले दूतावासमार्फत सनाखत गरेका थिए।

कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

भारतस्थित अपोलो अस्पतालमा नेता खनालको  मिर्गौला प्रत्यारोपण गरिएको थियो। डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here