सवारी दुर्घटनामा १ जनाको मृत्यु, ३५ जना घाइते

62

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँ पुलस्थित सडकमा बा.३८ प ३७९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ डुम्बरगाउँ बस्ने दल बहादुर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङ, निलकण्ठ नगरपालिका-८ बगैंचास्थित धादिङबेशी सल्यानटार सडकमा खरिबाट धादिङबेशीतर्फ जाँदै गरेको बा.३ ख ५६२३ नम्बरको बस आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा बसमा सवार ३५ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धादिङबेशी लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि १५ जनालाई काठमाडौं रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here