-चन्द्रप्रकाश बानियाँ
थोत्रा पुराना कुराहरु नयाँद्वारा विस्थापित हुन्छन् । समयले तिनलाई काम नलाग्ने बनाई दिन्छ । पञ्चायत गयो, राजासहितको प्रजातन्त्र आयो । राजतन्त्र उखेलियो । गणतन्त्र आयो । कुनै जमानामा राजालाई विष्णु अर्थात सबभन्दा ठूलो देवताको अवतार मानिन्थ्यो । राजा मर्दा सबै ञप्रजाझले बाबू मरेजस्तै शीर मुण्डन गर्नुपर्थ्यो । राजाले टेकेको धुलो शीरमा लगाउने चलन पनि थियो । अब छैन,किन छैन त रु किनकी समयले राजतन्त्रलाई औचित्यहीन ठहर्याइदियो । सडकबाट गणतन्त्रको माग गर्ने जनतालाई ू बैलगाडा चढेर अमेरिका पुगिदैनू भनेर खिल्ली उडाउनेहरु राज सिंहासनमा पनि पुगे । त्यो पनि समयको खेल हो । अथवा नेपाली जनताले रायो र कोदो छुट्ट्याउन नसक्नुको परिणाम हो ।
मूलतस् नेपाली समाज हिन्दू समाज हो । दलितहरुले विद्रोह नगर्दासम्म हिन्दूधर्मीहरुको बहुमत कायम रहने छ । धर्म स्वेच्छिक विषय हो । धर्म परिवर्तन गर्न चाहनेलाई कसैले रोक्न सक्दैन । धर्म त परिवर्तनीय हुँदो रहेछ भने सामाजिक रीतिस्थितिहरु, परम्परा, संस्कारहरु फेर्न वा परिमार्जन गर्नै मिल्दैन भन्न मिल्दैन । अनावश्यक र रुढी सावित भएका परम्पराहरु समयले विस्थापित गरिदिन्छ ।
कसैले राम्रै कुरो गरेछ भने त्यसको विपक्षमा उभिनै पर्ने, कुरिति नै हो भन्ने जानेर पनि त्यसको पक्षमा आफूलाई देखाउनै पर्ने, तर लुकिचोरी आफूले पनि रीतिरिवाज मिच्ने, मेरो त मन थिएन समाज जुन बाटो हिंड्यो आफू पनि हिंड्नै पर्ने भनेर चोखिनु पर्ने हाम्रो चलन छ १
९१०। सतीप्रथा मेटियो ।
९२०। दास प्रथा उन्मूलन भयो ।
९३०। बाबू आमा मर्दा बर्षदिन दुख बार्ने चलन मेटियो ।
९४०। ब्राह्मणपुत्रलाई जाँड रक्सी खुल्यो ।
९५०। भान्सा पस्दा धोती फेर्नुपर्ने चलन हरायो ।
९६०।बाहुनलाइ शुद्रको भान्सा चल्यो ।
९७०। विवाह गर्दा ू गोत्रू जुध्ला भनेर सचेत हुनु नपर्ने भयो ।
९८०। खसहरुलाई भाउजू बिहे गर्दा हाडनाता लाग्ने भो ।
९९०। बिहे गर्दा सिङ्गो रात बिताएर पूजा गर्नु नपर्ने भो ।
९१००। खसिनी ठकुर्नी पट्टिका ब्राह्मण पुत्रहरुले ू खत्री वा हमालू लेखाउन नपर्ने भो ।
९११०। सात पुस्ताभन्दा परका छोरीचेली बिहे गरेपनि हाडनाता नलाग्ने भो ।
९१२०। किरिया १३ दिन गर्नुपर्छ भन्ने नियम नमाने पनि हुने भो । किरिया गर्दै गर्दिन भने पनि कसैले केही गर्न नसक्ने भो ।
यो बिज्याँईं गर्ने को हो रु समाज हो । किनकी ती कुनै कुरा पनि धर्मसंग सम्बन्धित थिएनन् । ती सबै सामाजिक नियम थिए । सामाजिक नियम समाजले मान्दासम्म अस्तित्वमा रहने हुन् । समाजलाई रुचेन भने कसैले जबर्जस्ती अंठ्याएर राख्न सक्दैन ।
हिन्दू समाजमा यतिधेरै कुडा कर्कट बाँकी छन्, यति धेरै अर्थ न बर्थका नियमहरु छन्, यति धेरै केवल पुरेत वर्गको स्वार्थका लागि बनाइएका नियमहरु छन्, यति धेरै चलनको नाममा, परम्पराको नाममा, संस्कारको नाममा समाज माथि वाहियातमा थोपरिएका रुढीबुढीहरु छन्, तिनको लेखो टिपो गर्नै कठिन छ । हो तीनै रुढी बुढी, झूट, रकमी र औचित्यहीन परम्पराहरु हटाउनुपर्छ । राख्नुपर्ने परम्परालाई परिमार्जन गर्नुपर्छ भन्यो भने, धर्मको विरोध भयो रे १ बाहुनको विरोध भयो रे १
हाम्रा संस्कार परम्पराहरु अहिलेका आचारले होइन जन्मका बाहुनहरुले बनाएका हुन् र रु बाहुनको धेरथोर स्वार्थ जोडिएला, जसलाई त्यसले कुनै नोक्सान पुर्याउँदैन र धर्म भनेको के हो भन्ने कुरा नबुझ्ने खसहरु पनि गालीगलौजमा उत्रेको देख्दा हाँसो उठ्छ । धर्म भनेको इश्वरीय सत्तामा विश्वास गर्नु हो । हिन्दूले परब्रह्म परमात्मामा विश्वास गर्छन्, मुस्लिमहरुले अल्लाहमा आस्था राख्छन्, इसाइहरुले परमपिता गड्लाई मान्छन् ।
किरिया गर्ने वा नगर्ने कुरा, श्राद्धको नाममा पिण्ड दान गर्ने वा नगर्ने कुराको इश्वर, अल्लाह वा गडसँग गोरु बेचेको साइनो पनि जोडिदैन । कसैले बाबु आमाको किरिया गर्दिन वा परम्परा भन्दा भिन्न किसिमले गर्छु भन्छ भने इश्वरको टाउको दुख्दैन ।
कसैले मानोस वा नमानोस, संस्कार संस्कृतिका नाममा गरिने अर्थहीन नौटङ्कीहरु समयले समाजबाट एक दिन अवश्य बढार्ने छ । बरु त्यसरी बढारिदा कसिङ्गरसँग असल परम्पराहरु पनि मासिने छन् त्यसप्रति सचेत बन्नु ठीक होला १
त्यसैले अनावश्यक र फाल्तु परम्पराहरु हटाऊँ, असल र महत्वपूर्ण रीती परम्पराहरुमा सामयिक परिमार्जन गरौं । आवश्यक लाग्छ भने नयाँ परम्परा थपौं । एउटा उदाहरण लिउँस्
म्याग्दीको बानियाँ समाजमा तेह्र दिन, पाँच दिन जुठो बार्ने चलन थियो । केही बन्धुहरुबीच बार्दै नबार्ने चलन पनि थियो । त्यसमा सुधार गरियो । दस पुस्ताभित्र तेरै दिन जुठो बार्नें, कमसेकम पुजाआजा नगर्ने । बाँकी सबै बन्धुको तीन दिन बार्ने । दाजुभाइ पनि भन्ने एक भाइ मर्दा अर्कोले माङ्गलिक कार्य गर्ने नराम्रो देखिने परम्परा हट्यो । सबै बन्धुहरु आफ्नै हुन् भन्ने भावना पनि बन्यो । लामो लहरो हुनाले दशैं तिहार रोकिने, विवाह व्रतबन्ध जस्ता माङ्गलिक काम पनि नरोकिने परिस्थिति बन्यो । छुटेर टाढा भैसकेका बन्धुहरुलाई तीन दिन जुठो बार्ने नयाँ नियमले फेरि जोड्यो । सुधारले परम्परालाई दिगो बनाउँछ । कट्टरताले रितिस्थिति मासिन्छ । चलन फेर्ने वा परिमार्जन गर्ने कुरा धर्मको विरोध होइन । विरोध व्यर्थका बाहुने परम्पराहरुको हो, बाहुन जातिको होइन ।
धर्म र अध्यात्ममा के अन्तर छ रु योग, तपस्या, विपश्यना, ध्यान र आत्म चिन्तनलाई अध्यात्म मान्ने अनौठो कुराको प्रचार गरिदैं छ ।
अध्यात्म भनेको सृष्टि, उत्पत्ति र सञ्चालनलाई हेर्ने, बुझ्ने एउटा दृष्टिकोण हो । अझ स्पष्ट रुपमा भन्नुपर्दा ईश्वर, गड, अल्लाहले जगतको सृष्टि, प्रलय र सञ्चालन गर्दछन् भनेर मान्नु अध्यात्मिक दर्शन हो । अध्यात्मिक दर्शनको मान्यता अनुसार इश्वर, अल्लाह वा गडमा विश्वास गर्ने मत वा मान्यताको महिमा मण्डन गर्ने परम्परा धर्म हो । त्यसैले अध्यात्मिक दर्शन एउटै हुन्छ र धर्म अनेक हुन सक्छन् । -जनधारणा साप्ताहिकबाट

















