नियन्त्रित लागूऔषध सहित १ जना पक्राउ

125

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्रोजन सहित सुनसरी ईश्‍वरपुर नगरपालिका-१ बस्ने २४ वर्षीय कृष्ण ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८४९३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार ठाकुरलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here