कटुवा पेस्तोल र गोली सहित पक्राउ

66

सल्यान  ।  बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड
गोली सहित जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट जाजरकोटतर्फ जाँदै गरेको सिएच ०१ बिपि २१९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रावललाई सोही नगरपालिका सल्लीस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले रोक्न खोज्दा नरोकी भागेपछि पिछा गर्दै गई माथिल्लो बजारबाट फेला पारी पक्राउ गरेको हो । रावलले मोटरसाइकलको सिट मुनी उक्त
कटुवा पेस्तोल र गोली लुकाएको पाइएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here