काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २३ भदौ पछि मात्र मन्त्रिमण्डल विस्तार हुने खुलासा गरेका छन् । त्यसयता मन्त्रिमण्डल विस्तारबारे गठबन्धनभित्र कसैले पनि नबोल्ने बताए ।
पछिल्लो समय मन्त्रिपरिषद विस्तार तत्काल हुने भन्दै चर्चा चलिरहँदा नेपालको भनाई सार्वजनिक भएको हो । दल विभाजन सजिलो गरी गर्न सकिने अध्यादेश सक्रिय होउञ्जेल गठबन्धनभित्र मन्त्रिपरिषद विस्तार नगर्ने सहमति भएको छ । उक्त अध्यादेशको बलमा मन्त्री बन्न नपाएकाले पार्टी फुटाउन सक्ने भय गठबन्धभित्र नै देखिएको छ ।


















