नुवाकोट । नुवाकोटमा भाषा विधेयकलाई स्वागत गरी धन्यवाद दिएर बाग्मती प्रदेशका संसदले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषा गर्नका लागि विधेयक सर्वसम्मतले पारित गरेकाेलाइ लिएर नुवाकोट जिल्लाकाे विदुर नगरमा स्वागत गरी सांसदहरूलाई धन्यवाद प्रकट गरिएकाे छ ।
नेवाः देय् दबू नुवाकोट जिल्ला समिति र नेवाः देय् दबु विदुर नगर समितिकाे संयुक्त्त आयोजनामा गत शनिवार उक्त कार्यक्रम भएकाे थियाे ।
बाग्मती प्रदेस संसदं सर्वसम्मतले पारित गरेकाे विधेकमा नेवार भाषालाई प्रदेशकाे कामकाजि भाषाका रूपमा लागू गरिने लगायत नेपाल संवतलाई समेत प्रयोग गरिने अवगत गराउँदै प्रमुख अतिथि महर्जनले अब स्थानीय सरकारलाई समेत स्थानीय भाषाकाे ऐन निमार्ण गराउनका लागि भूमिका खेल्नु पर्ने सुनाए ।
यसका अलवा भाषा विधेयक पारित गरेकाे दिन असोज २२ गतेलाइ अब नेपालभाषा हर्षाेल्लाश दिन भने सम्मान गरिनु पर्ने धारणा राखे । साथै स्थानीय विभिन्न खलः पुचका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । शनिवार नै राती पुनः उक्त पाटीमा मैनबत्ती बालेर धिमे बाजाकाे तालमा उत्सव मनाएकाे थियाे ।


















