काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ ।
बैंकको अनुसार यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ता महानुभावहरुले कारोबार गर्नुभएको मूल्यको २५% वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गर्नुभएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहक महानुभावहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । नेपालीहरुको महान चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सम्पूर्णलाई शुभकामनासमेत दिएको छ ।


















