आज कतार प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोली

103

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को अन्तिम तयारीका लागि नेपाली टीम आज कतार जाँदैछ। नेपाली टिमले कतारमा १५ दिन अभ्यास गर्नेछ । कतार जाने नेपाली टिमलाई हिजो एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार नेपाली टिमलाई बस्ने, खाने व्यवस्था सबै कतार फुटबल संघले गर्नेछ।  प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबार नै कतार गइसकेका छन् । कतारमा सम्भव भएको खण्डमा केही मैत्रीपूर्ण म्याच समेत नेपाली टिमले खेल्नेछ।

कतारमा प्रशिक्षण सकेर नेपाली टिम साफ च्याम्पियन्सिपमा सहभागी हुन सिधै माल्दिभ्स प्रस्थान गर्नेछ। नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग १५ असोजमा खेल्ने छ भने दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्ने छ।

२४ असोजमा हुने तेस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ भने बंगलादेशसँग २७ असोजमा खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here