इन्भेष्टमेण्ट बैंककाे ८७ औं शाखा विस्तार

163

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा विस्तार गरेको छ । बैंकले बाग्मती प्रदेशको कमलामाई नगरपालिकाको सिन्धुलीमाडीमा विस्तार गरेको हो ।

बैंकको सो शाखाको उद्घाटन कमलालाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री र बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे ।

बैंकले आफ्ना ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरूपमा पूरा गर्ने बैंकिङ सेवाहरू प्रदान गर्ने उद्देश्यले सिन्धुलीमाडीमा शाखा विस्तार गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु(याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल ९अन्ततर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल०ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here