अवैध लागूऔषध सहित ५ जना पक्राउ

64

काठमाडौं  । कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाईजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका-८ देवदह बस्ने ३० वर्षीय संगम थापा र स्याङ्जा बाहाकोट घर बताउने २५ वर्षीय दर्शन ठकुरी रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कबाट करिब ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१९ बस्ने २४ वर्षीय राकेश दमाई र २२ वर्षीय जनक बहादुर सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट करिब ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-१० बुदबुदे बस्ने २२ बर्षीय दिपक सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कोहलपुरबाट सुर्खेततर्फ आँउदै गरेको भे.१ च ९०५८ नम्बरको अटोलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here