नर्भिक इन्टरनेशनलमा सार्वजनिक विदाका दिनमा पनि ओपीडी खोल्ने

6

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपोडी सेवा सञ्चालन गर्ने भएको छ।

तीजको विदाको दिन पनि नर्भिकले ओपीडी सेवा सञ्चालन गरेको थियो। अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन्।

उनका अनुसार व्यस्त काठमाडौंबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। त्यसरी सञ्चालन गरिने ओपीडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले जनाए ।

यसैगरी, नर्भिक अस्पतालले ओपीडीको सन्ध्याकालीन सेवा समेत सञ्चालन गरिरहेको छ। यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी गराए ।

दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै आपीडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here