भोजपुर- भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
थापाले बच्चालाई अचानोमा राखेर घाँटी छिनाएर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान थालेको छ ।


















