अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ सार्वजनिक

152

काठमाडौं ।  नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलवारदेखि अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ आज सार्वजनिक गर्दै छ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागेको हो।

सरकारीस्तरबाट सञ्चालन हुन लागेको पेमेन्ट गेटवे ‘नमस्ते पे’को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। ‘नमस्ते पे’ बाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जनाए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणको व्यवसायकि सञ्चालन गरिने उनको भनाइ छ। तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरूले मात्र यो सेवा प्रयोग गर्नसक्ने राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले जनाए ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here