एक हजार ३३२ जना सङ्क्रमित थपिदा सात जनाको मृत्यु

3

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा चार हजार ३२० वटा एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २२० जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९९१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै उपत्यकामा पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ६३ जना ललितपुरमा ७२ जना र काठमाडौंमा ३६० जना संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here