मेट्रो एफ. एम.को २२ औं वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगदसहित सम्मान

211

काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा संचालित मेट्रो एफ. एम.को २२ औं वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

असोज १ गते शुक्रवार भएको सो कार्यक्रममा मेट्रो एफ. एम. स्थापना कालदेखि हालसम्म कार्यरत पत्रकार श्रीकृष्ण महर्जन, कार्यक्रम संचालक उदेन न्हूसायमि र रीता महर्जनका साथै स्टेशन म्यानेजर, केशवप्रसाद नेपाल ‘केशु’, टेलिभिजन कार्यक्रम निर्माता बैकुण्ठ भण्डारी, काठमाण्डौ अनलाइनका सम्पादक चन्द्रमणि भट्टराईलाई सम्मान गरिएको छ ।

कोविड १९ का कारण सीमित सहभागीकाबिच आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, कोविड महामारीका बेला रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रभावकारी सूचना प्रवाहका लागि प्रयास गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोलले, सूचना प्रविधि र सूचना सञ्चारका क्षेत्रमा लगानी बढाउँदै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रस्तुति राख्दै धारणा सञ्चारविद एवं उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले, महानगरले विकास योजनामा समुदायको आवाज समेटेर पारदर्शी र जवाफदेही सरकारको अभ्यास गरेको उल्लेख गर्नुभयो ।

रेडियोविद रघु मैनालीले, निःशुल्क र निरक्षरका लागि सञ्चारको उपयोगी माध्यम भएकोले रेडियो सेवाको विकल्प नभएको बताउनुभयो ।

सञ्चारविद लक्ष्मण हुमागाईँले सञ्चारको लक्ष्य, साझेदार र विषयलाई स्पष्ट बनाउन नीतिगत प्रबन्धलाई मजवुत बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले रेडियोको प्राविधिक क्षमता विकास गर्दै लगेको धारणा राख्नुभयो ।

महानगरले २०५६ साल असोज १ गते एम. एम. रेडियो स्थापना गरेको हो । हाल २० जना पत्रकार÷सञ्चारकर्मी रहेको रेडियो बिहान साढे ५ बजे देखि बेलुका १० बजे सम्म दैनिक साढे १६ घण्टा सञ्चालन हुन्छ । यस एमएमवाट नेपालभाषा, तामाडभाषा, मैथली भाषाका साथै नेपाली भाषाबाट कार्यक्रम, समाचार र समाचारमुलक कार्यक्रम प्रशारण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here