नेपालको आईसीसी वरियता खस्कियो

117

आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको हो ।

एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका  पाँचौ स्थानमा रहेका छन् ।

यस्तै टी–ट्वान्टीमा नेपाल १४ औं स्थानमा झरेको छ ।  नेपाल यस अघि १३ औं स्थानमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here