प्रतिनिधिसभाबाट बजेट पारित

60

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्ताव बहुमतले पारित भएको हो ।  बजेट पारित भएसँगै प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिए ।  बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्ने छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here