गोकर्णेश्वरबाट मोटरसाइकल चाेरी गर्ने पक्राउ

102

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटरसहित एक जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेजबहादुर खड्कालाई पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

विशेष सुराकीको आधारमा निजलाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीले निजले लुकाई पार्किङ गरी राखेएको बा ५६ प ४५४४ नंम्बरको पहेँलो रङको डिओ स्कुटरसमेत फेला परेको महाशाखाले जनाएको छ।

उक्त स्कुटर यही असोज १ गते मकवानपुर मनहरीका किरण वाइबाले ललितपुरको खुमलटारमा पार्किङ गरेको अवस्थामा हराएको भनी महाशाखामा जानकारी दिएका थिए।

थप अनुसन्धान गर्दै जाँदा निजले चोरी गरी वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–०१० प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसमेत फेला परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२–०१७ प ७८०३ भएको उक्त मोटरसाइकल भाद्र ३० गते काठमाडौँको काँडाघारीस्थित पार्किङबाट हराएको खुल्न आएको छ। उक्त मोटरसाइकल भोजपुर– ५ बोखिम घर भई काँडाघारी बस्ने विशाल तामाङको रहेको पत्ता लागेको छ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here