जापानमा एक नेपाली युवाले आत्महत्या गरे

123

जापान । जापानको खानागावा प्रान्तमा एक नेपाली युवाले आफ्नो ज्यान आफैले लिएका छन् । प्राप्त जानकारी अनुसार खानागावा प्रान्त मिदोरी वार्डको नागाचुता भन्ने ठाउँमा गैरे थरका युवाले आफ्नो ज्यान आफैंले लिएका हुन् । नेपालमा बुटवल घर भएका गैरे जापानमा वर्किगं भिषामा रहँदै आएका थिए ।

श्रीमती सहित बस्दै आएका गैरेले सेप्टेम्बर २६ तारिख आईतबार साँझ आत्महत्या गरेका हुन्। के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।

गैर आफु बस्दै आएको घरको सिंढिमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । हाल शव प्रहरी नियन्त्रणमा रहेको र प्रहरीले छानविन तथा पोष्टमार्टम प्रक्रियामा गरिरहेको बताइएको छ ।

गएको हप्ता प्रेमिकासग मनमुटाव भएपछि जापानको फुकुओका शहरमा एक युवतीले यहि बाटो रोजेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here