काठमाडौैं । चीनको सिचुवान एयरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते चार्टर उडान गर्न अनुमति दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्सले पनि छेन्दु–पोखरा नियमित उडान सञ्चालन गर्नेबारे विचार गरिरहेको छ ।


















