कोरोनाको त्रास र निपाहको आतंकबीच विद्यालयहरु सञ्चालन गर्ने सोच जनघाती हो !

76

—राज्यलक्ष्मी शाक्य

अभैm पनि विश्वजगत कोरोना भाइरस (कोभिड—१९) बाट अछुतो रहन सकेको छैन, त्रास कायमै छ । तेस्रो भेरियन्ट आउला र त्यसले फेरि कति आतंक मच्चाउने हो भन्ने बारे विश्व मानव जगतलाई नै त्रसित बनाइरहेको छ । मावन जीवन नै तहस नहस बनाएको यस कोरोना भाइरसको महामारीबाट कहिले मुक्ति पाइएला भन्ने विषयमा जनता   चिन्तित छन् ।

कोरोना भाइरसबाट मुक्त हुन चाहने हो भने प्रत्येक व्यक्ति स्वय्मले स्वास्थ्यमा सतर्कता अपाउनु पर्ने देखिन्छ । हालसम्म अनुभवबाट भन्नुपर्दा कोरोनाको संक्रमण लापर्वाहीबाट नै हो । कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाएर यसबाट केही प्रतिशत सुरक्षित हुन सकिन्छ । तर भ्याक्सिन नलगाएका बच्चाहरुलाई स्कूलहरुमा पठन पाठन सुरु गर्ने भन्दै नगरपालिकाबाट स्थानीय निकायको अधिकार प्रयोग गर्ने क्रममा बालबालिकाहरुप्रतिको गैरजिम्मेवारीपन जनप्रतिनिधिहरुमा देखिएको छ । बेमौसमी बाजा भने भैm विद्यालय र  क्याम्पसहरु खुलाउनेतिर ध्यान केन्द्रित हुनु जनताप्रतिको खेलवाड हो ।

कोरोना भाइरसको महामारीबाट नेपाल मात्र नभई विश्वका शक्तिशाली देशहरु पनि आक्रान्त छन् । प्रत्येक देशहरुले यसका सामना गरिरहेकै छन् । प्रत्येक नागरिकहरुको  घरायसी समस्या बनिरहेको कोरोना भाइरसले  राज्यलाई पनि पराजित गरिरहेको छ ।  अझै केहि महिना कोरोना भाइरसको महामारी नियन्त्रण जरुरी छ । नियन्त्रण नगरेर सरकारले विद्यालयहरु  सञ्चालन गर्ने योजना बनाउनु मूर्खता ठहर्नेछ । बरु अनलाइन शैक्षिक प्रणालीलाई कसरी प्रभावकारी बनाउने हो ? त्यता तिर ध्यान दिन जरुरी छ । विद्यालयहरुले अनलाइन कक्षाहरुलाई व्यवस्थित बनाईरहेका छैनन् ।  विद्यार्थीहरु अनलाइन कक्षामा उपस्थित हुन्छन् वा हुँदैनन् ? त्यसको जानकारी अभिभावकहरुलाई शिक्षकहरुले गराउनु आवश्यक हुन्छ । कम्प्युटर वा मोवाइलमा बस्दैमा अनलाइन कक्षा चलिरहेको छ भन्ने विश्वास अभिभावकहरुलाई हुन्छ, जो स्वाभाविक हो । तर यसैबाट बच्चाहरुको आदत विग्रिएको कुरा अभिभावकलाई जानकारी हुँदैन । विद्यालयले जानकारी नगराउदा  अनलाइन कक्षा भाग्यमा निर्धारित भइरहेको छ । यसलाई व्यवस्थित गराउन सरकारले पहल गर्नु जरुरी छ ।

अभैm पनि स्थानीय स्तर स्तरमा कोरोना भाइरसको खतराबाट मुक्ति पाउन सकिएको छैन । जनतामा सचेतताको सूचना  सरकारले देशका विभिन्न सञ्चारमाध्यमहरु मार्पmत प्रचार प्रसार गरिरहेको पाइन्छ । यसैबाट स्पष्ट हुन्छ कि कोरोना संक्रमणबारे सरकार जानकार छ । तर विद्यालय सञ्चालन गर्ने मानसिकताले सरकारको चेतनास्तर नभएको देखाउँछ । विद्यार्थीहरुबाट शिक्षण शुल्क असुल गर्नका निम्ति र सरकारले विद्यालय सञ्चालकहरुबाट कर संकलन गर्नको निम्ति मात्र विद्यालयहरु सञ्चालन गर्न खोजिएको हो भन्ने कुरा बुझ्न सकिन्छ । सरकारको ध्यान बच्चाहरुको जीवन बचाउने तर्पmभन्दा कर असुल्ने तर्पm  आकर्षित देखिन्छ । कोरोना विरुद्धको भ्याक्सिन लगाउने अभियान चलाइरहेको भएता पनि व्यक्ति स्वयम् कोरोना भाइरस विरुद्धको सचेतताका सवालमा अभैm पनि लापर्वाही देखिन्छ ।

यसैबीच भारतको केरला राज्यबाट देखापरेको ‘निपाह भाइरस’ ले कोरोना भन्दा डरलाग्दो संक्रमणको त्रास देखाएको छ । यो निपाहको आक्रमणलाई पनि मध्यनजर  गरेर सीमा क्षेत्रमा आवगमनमा  कडाई गर्ने र अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाउने तर्पm सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । विद्यालयहरुसँगै अन्य जनताको बाक्लो उपस्थिति हुने  ठाउँहरु प्रतिपनि सरकारको ध्यान पुग्न जरुरी छ । कोरोना भाइरसबाट शैक्षिक, सावर्जनिक स्थल, धार्मिक स्थल मुख्य रुपमा ‘हटस्पट’ बनेको सर्वविदितै छ । सरकारकै लाचारिले कोरोना भाइरसको महामारी फेरि नपैmलिएला भन्न सकिन्न ? त्यसैले भन्न सक्रिन्छ –  कोरोनाको त्रास र निपाहको आतंकबीच विद्यालयहरु सञ्चालन गर्ने सरकारको सोच जनघाती हो !   जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here