काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ ।
उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताए । निर्देशक डा। झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिए । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ । डा। झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो । गोरखापत्र दैनिकबाट

















