काठमाडौं । अमेरिकाबाट दिनेशले ल्याए ‘रिसाउ न त रिसाउ’ प्रतापको स्वर, नविनको संगीतमा ‘रिसाउ न त रिसाउ’ म्यूजिक भिडियाे सार्वजनिक गरेका छन् ।
रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको छ। गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।
अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ।
बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियो लिंक:














