काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक” फेसन सोको अन्तर्गत आजबाट आधिकारिक प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रमा ३० जनाको सहभागि भएको आयोजकले जनाएको छ । कार्यक्रमको आयोजक रुपमा ट्रेवल फेसन कन्सर्न प्राली रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य तथा समन्वय गरेको छ । विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसन तथा ग्याल्मर सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ ।
जसमा फेसन सो कार्यक्रम अन्तर्गत मिस डिवाइन ब्युटी नेपाल २०२१, मिस र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताहरु सम्पन्न गरिसकको थियो । यो कम्पनी सन् २००१ देखी निरन्तर फेसन तथा ग्यामरस फिल्डमा सक्रिय रुपमा कार्यरत छ ।
कोरोना कहरका कारण फेसन संग सम्वन्धित कार्यक्रम गर्न नपाएको तर फेरी एक वर्ष पछि हामी द लुक्क (The look ) फेसन सो कार्यक्रम ल्याएको तथा १३ असोजबाट प्रशिक्षण कार्यक्रम रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।
फेसन सोको पहिलो ईभेन्टको रुपमा पहिलो चरणको फोटोसुट दोस्रो चरणको फोटो सुट असोज ०९ कार्यक्रम भैसकेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम सहयोगको रुपमा टिवेटन इन्टरन्यासनल होटेल, बेली फोटोग्राफी लगायत अनलाई मिडिया पाटनरको रुपमा डिजिटल खवर तथा सपोर्टको रुपमा पपकर् मिडिया रहेका छन् । कार्यक्रमको अवरसरमा फेसन सो, संगित, आधुनिक नृत्य, साँस्कृतिक नृत्य, नाटक लगायत अन्य प्रस्तुतिहरु हुने छ । कार्यक्रमको उद्धेय भनेको महिला दिदि बहिनीहरुलाई अवसरको साथै मोटिभेसनको लागि पनि हो उनले भन्नुभयो । नयाँ मोडलिङ,फिल्म,म्यूजिक क्षेत्रमा आउने चाहाना भएको व्यक्तिलाई अवसर रुपमा लिन सकिन्छ । साथै अगामी कार्यक्रमको रुपमा कम्पनीबाट चाडै लिटल आइडल नेपाल सिजन ४ आयोजना गर्ने आयोजकले बताउनुभयो ।
















