अनलाइन सपिङ गरेकाे सामान जब भालुले चोरेर हिडेपछि…

80

अनलाइनबाट सामान सपिङ अहिले ट्रेण्ड नै चलेको छ विश्वभरिनै । अहिले बजार नगई बजारको सामान घरमा नै पाउने भएपछि प्रायः जसाेले अनलाईन सपिङ  गर्नेल लत नै बसेकाे छ ।  र डेलिभरीकर्ताले घरसम्म सामान ल्याएर दिन्छन् । तर अमेरीकामा भने अनलाइन सपिङमा अनौठो घटना भएको छ ।

अमेरिकाको कनेक्टिकटस्थित ब्रिस्टलमा एक महिलाले आफ्नो घरको ठेगना दिदैँ अमेजन अनलाईनबाट एक सामान मगाइन् । उनको अर्डर दिन आएका डेलिवरी ब्वाईले घरको सो ठेगानामा पुग्दै घर बाहिर नै सामान छाडेर गए । तर अचानक एक भालू आई अनलाइन सपिङबाट किनेको सो सामानको प्याकेट मुखमा च्यापेर भाग्यो ।

अनलाइनमा सामान किनेकी ब्रिस्टल निवासी क्रिस्टिन लेविन जब आफ्नो अर्डर लिन बाहिर आइन तब उनले सामान पाइनन् । उनले आफ्नो सामान कसैले चोरी गरेको शंका गरीन् र सिसिटिभी फुटेज हेरीन् । तब मात्र अनलाइन सपिङमा किनेको सामान अरु कसैले नभई एक भालुले लिएर गएको पत्ता लाग्यो । भालुले चोरेको सामान चाँहि ट्वाइलेट पेपर थियो ।

 स्रोत जी न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here