देउवा नेतृत्वको सरकार र कोरोना विरुद्धको लडाईं !

38

— राज्य रत्नलक्ष्मी शाक्य

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाईंलाई प्राथमिकतामा राखेको भन्दै  पटक—पटक भाषण गर्दै आउनु भएको छ । सम्पन्न र विकसित देशहरुले समेत पराजय भोगिरहेको कोरोना विरुद्धको शेरबहादुर देउवाको प्रतिबद्धता कति सफल होला ? कोरोनाको खोप उत्पादन गरिरहेका देशहरुसमेत ढुक्क हुन नसकेको  कोरोना संक्रमण खोप लगाइसकेकालाई पनि पनि भइरहेको छ । खोप बाहेक अरु विधिहरु नअपनाउने हो भने कोरोनाको संक्रमणलाई रोक्न सकिने छैन । खोप लगाएकाहरु  पनि संक्रमित भएकाले यो कुरा अकाट्य छ ।

संसारका ठूलठूला वैज्ञानिक, आविष्कारकर्ता र धनाढ्य देशहरुलाई समेत चुनौति दिइरहेको कोरोना भाइरस विरुद्धको लडाईमा विश्व जगत नै एकढिक्का भई नलडेसम्म उन्मुक्ति पाउन नसकिने निश्चित छ । लामोसमयसम्म खोज अध्ययनबाट कोरोनाविरुद्ध भ्याक्सिन सफलतापूर्वक बनाउन सक्नु नै विश्वका सम्पन्न देशहरुको विजय हो । सम्पूर्ण मानव जगतका लागि केही मात्रामा भए पनि खोपले सहज तुल्याएको छ । तै पनि अभैm कोरोना भाइरसबाट उन्मुक्ति पाउन केही वर्ष लाग्ने निश्चत रहेको छ ।  कोरोना विरुद्ध सावधानी नै सबैभन्दा ठूलो उपाय हो ।

हुनत कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी नयाँ बर्ष  वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने योजना रहेको जानकारी गराई रहनु भएको छ । प्रधानमन्त्री देउवाले कोरोना महामारीको खतरनाक रुप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा भने दुखेसो  पनि गर्नु भएको छ । प्रधानमन्त्री देउवाले, ‘वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने योजना रहेको जनाए पनि छिमेकी देश भारतबाट निपाह भाइरसको आगमनले अभैm पनि नेपाल कोरोना भाइरसबाट सुरक्षित रहेको देखिदैन । तसर्थ कोरोना भाइरसले अभैm पनि विकराल रुप नलेला भन्न सकिन्न ।  खतरनाक रुप नेपालमा आएको छ । धेरै मान्छेहरु मरेका छन्, कतिपयलाई कोरोना कति खतरनाक छ भन्ने ज्ञान पनि छैन । त्यसैले यसलाई कम गर्न लागि सचेतता आवश्यक छ ।

यसैबीच प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यवसायिक र समृद्ध बनाउने कार्यमा आपूm तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ । कोरोनाको उपचार बारे बोल्दा बोल्दै विषयान्तर गरेर पत्रकारिता बारे बोल्ने क्रममा देउवाले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरु खोजमूलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको पनि जानकारी गराउनु भएको छ । देउवाले नेपालको संविधानले प्रत्याभूत  गरेको प्रेस स्वतन्त्रता र विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेकोसमेत सो अवसरमा जनाउनु भएको छ ।

प्रधानमन्त्रीको कुर्सीमा आसिन भएपछि प्रेसप्रति अनुदार रहने प्रवृति शासकहरुमा देखिने गर्दछ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रेसप्रति त्यति सकारात्मक भएको पाइदैन । प्रेसप्रति वीपि कोइराला निक्कै सकारात्मक हुनुहुन्थ्यो । प्रेस प्रति सकारात्मक हुनु भनेको प्रेसको महत्व बुझ्नु हो । निवर्तमान प्रधानमन्त्री केपी ओलीले पत्रकारहरुलाई निक्कै गाली गर्ने गर्नु हुन्थ्यो । त्यही कारणबाट पनि प्रेससँग ओलीको सम्बन्ध राम्रो बन्न सकेन । प्रेस र देशका सबै समस्याहरुको सम्बन्ध जोडिएको हुन्छ । देशका समस्याहरुबारे सरकारलाई जानकारी गराउने  माध्यम नै प्रेस हो । कोरोनाको सम्भावित संक्रमण र संक्रमण भइसकेको अवस्थाबारे पनि प्रेसले नै सरकारलाई सुचना प्रवाह गर्ने हो । आफ्नो कर्तव्यमा नेपाली प्रेस पनि चुकेको छैन । तर प्रेसले दिएको जानकारीलाई मजाकमा उडाउने सरकार सञ्चालकहरुको प्रवृति देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो पटक सरकारको जिम्मेवारीमा पुगेपछि उहाँको कोरोना बारेको दृष्टिकोण प्रेसप्रतिको अवधारणा सुन्दा प्रियकर लागेका छन् । तर परिणाम आगामी दिनहरुमा देख्न पाइएला नै ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here