भुटानी नेपाली गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ भिडियोसहित सार्वजनिक

205

काठमाडौं ।  नेपालीहरुको महान् चाड दशैँ तिहारको कोसेली स्वरूप गायक  भक्त घलेले आफ्नो  स्वर, शब्द र संगीतमा समावेश ‘काफल टिप्न जाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा वरिष्ठ  कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्।  शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो।

हाल अमेरिकामा रहेका गायक घले विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय छन्। दक्षिण भुटानमा जन्मिएका घलेले यसअघि थुप्रै भजन गीत र एकल एल्वम समेत सार्वजनिक गरिसकेका छन्। भर्खरै सार्वजनिक आफ्नो म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन उनले सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here