सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश

78

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी १.६३ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here