४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाए

56

काठमाडौं । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ ।  यसका साथै एक हजार ३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २१० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।  सक्रिय सङ्क्रमित हुने १५ हजार ६१४ जना छन् । पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here