काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ८७ औँ दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कांग्रेस, माओवादी, नेकपा समाजवादी, जनता समाजवादी पार्टीसहितको सत्ता गठबन्धनका तर्फबाट थपिएका १८ मन्त्रीहरुको शपथ शुक्रबार हुने भएको हो।
सत्ता गठबन्धनका नेताहरुबीच बिहीबार यसबारे सहमति जुटेको हो। समाजवादीले ४ मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ।

















