देशभरको वायुमण्डलमा प्रदूषण बढेपछि सरकारले घरबाट बाहिर ननिस्कन आग्रह

101

वायु प्रदूषणले आँखामा गम्भीर खालका समस्या पुर्याउने डा. खड्का जनाउँछन् । प्रदूषित हावामा आँखाको ख्याल नगरे मोतियाविन्दु, आँखाको क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । डा. खड्काका अनुसार काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणले आँखामा निम्न खालका अल्पकालिन तथा दीर्घकालिन असर पुर्याउन सक्छ ।

—आँखा रातो हुने

—आँखा धमिलो हुने

—आँखा चिलाउने

—आँखामा घाउ हुने

—लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने

—आँखा पोल्ने आदि अल्पकालिन समस्या हुन सक्छ

— आँखाको दृश्यशक्तिमा ह्रास आउने

—मोतियाविन्दू हुने

—आँखामा क्यान्सरसमेत भइ दीर्घकालीन समस्या हुनपनि सक्छ ।

गर्मी याममा र वायु प्रदूषणमा आँखाको हेरचाह गर्न आँखा रोग विशेषज्ञ डा. खड्का यस्ता सुझाव दिन्छन् ।

—वायू प्रदूषण हुँदा हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

—वायुमण्डल प्रदूषित भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कने । निस्कनै परेमा पोलोराइज्ड चश्मा लगाउने ।

—आँखालाई सधैँ सफा राख्ने, कम्तिमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।

—साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।

—सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।

—राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा  गर्ने  ।

—आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।

—सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ ।

—बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।

—प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।

—बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।

—धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।

—कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।

—मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here