काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कतार पोर्चुगलसंग ३-० को गोलान्तरले लजास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो ।
पोर्चुगललाइ जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा फोन्टेले गोल गर्दा पोर्चुगल २-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई ३-० को सहज जित दिलाएको हो । रोनाल्डोको यो पोर्चुगलका लागि १ सय १२ औं गोल हो ।


















